सामान्य अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

 सामान्य अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार भने झिनो अंकले बढेको छ । आज ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से ३।२७ अंकले बढेर २५८४.४९ बिन्दुमा पुगेको हो ।

आज नेप्से झिनो अंकले सुधार हुँदा कारोबार भएकामध्ये १३४ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ११७ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा एसवाई प्यानलको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सिटिजन लाइफ इन्स्योरेन्सको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा झिनो अंकले सुधार हुँदा ७ वटा समूहको उपसूचक सकारात्मक रह्यो भने ६ वटा समूहको उपसूचक नकारात्मक रह्यो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *