प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्दै सञ्चारमन्त्री खरेल

 प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्दै सञ्चारमन्त्री खरेल

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज (शुक्रबार) प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन्।

सरकारका प्रवक्तासमेत रहेका मन्त्र खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न लागेका हुन् ।

उनको सचिवालयका अनुसार मन्त्री खरेल सुरुमा कांग्रेसका सभापति देउवासँग भेट गर्न उनकै निवास महाराजगन्ज जाने कार्यक्रम छ।

त्यसपछि उनी बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनकै निजी निवास गुण्डु पुग्नेछन्।

अनि दिउँसो १२ बजे नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड भेट्न उनकै निजी निवास खुमलटार पुग्ने कार्यक्रम रहेको मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ।

यसबीच सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण तयार पार्न सरोकारवाला पक्षसँग समन्वय र संवादलाई तीव्रता दिएको छ।

साथै, यसबीच सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएका राजनीतिक दलका कार्यालयको अनुगमन पनि गरेको छ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *