सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पुनः नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार (पुस १०) छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला चार हजार ५६५ रुपैयाँ खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
