४७.५५ अंकले बढ्यो सेयर बजार

 ४७.५५ अंकले बढ्यो सेयर बजार

काठमाडौँ । आइतबार (आज) सेयर बजारमा उत्साह छाएको छ । यस दिन बजार ४७।५५ अंकले बढेर २६३३.४२ विन्दुमा बन्द भएको छ ।

बजार बढ्दा २३८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्य भने घटेको छ । समग्रमा बजार बढेसँगै पाँच अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

मिड सोलु हाइड्रोपावर, जोशी हाइड्रोपावर, अपर स्याङ्गे, रुरु जलविद्युत् परियोजना, मल्टी पर्पस फाइनान्स कम्पनीका सेयरधनीले सर्वाधिक कमाएका छन् ।

त्यसैगरी युनियन हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट, एसवाई प्यानल नेपाल र शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ ।
समूहगत सूचकतर्फ बैंकिङ, विकासबैंक, फाईनान्स, होटेल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जिवन बिमा, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ, लघुवित्त, म्युचअल फन्ड, ननलाइफ इन्स्योरेन्स, अन्य र टेड्रिङ सूचक हरियो रहँदा बाँकी समूह घटेका छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *