काठमाडौंमा चिसो बढ्यो, आज यो वर्षकै कम तापक्रम

 काठमाडौंमा चिसो बढ्यो, आज यो वर्षकै कम तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । मंगलबार (पुस १५) बिहान ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा यस वर्षको मापनमा यो कम तापक्रम हो । आउँदा दिन तापक्रम थप घट्ने सम्भावना हुन्छ । सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम सोमबार (पुस १४) ५.२, आइतबार (पुस १३) ५.४ डिग्री थियो । यही पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री थियो ।

मंगलबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.५ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम सोमबार –५.५ र आइतबार –४.६ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

यस दिन ओलखढुंगाको न्यूनतम तापक्रम ४.६, दिपायलको ५.२, ताप्लेजुङको ५.७, धनकुटाको ७.८, डडेलधुराको ७.९, वीरेन्द्रनगरको ८.३, घोराहीको ८.४ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *