तोलामै आठ हजारले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबारआज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेर तीन हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
