वीरेन्द्रनगरको सहिद पार्क जंगलमा दुई जना मृत फेला

 वीरेन्द्रनगरको सहिद पार्क जंगलमा दुई जना मृत फेला

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ स्थित भैरव सामुदायिक वन तथा सहिद पार्कनजिकको जंगल क्षेत्रमा मृत भेटिएका हुन् ।

मृतक दुवैजनाको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बुधबार बिहान मर्निङ वाक गर्ने स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घटनाको कारण र मृतकको पहिचान खुलाउने विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *