नेपाल वार एशोसिएसनलाई कृषि विकास बैंकको कम्प्युटर सामाग्री हस्तान्तरण

 नेपाल वार एशोसिएसनलाई कृषि विकास बैंकको कम्प्युटर सामाग्री हस्तान्तरण

काठमाण्डौ ।  कृषि विकास बैंक लिमिटेडले नेपाल बार एशोसियसन काठमाडौंलाई कम्प्युटर, प्रिन्टर, स्क्यानर, फोटोकपी मेशिन तथा स्मार्ट डिसप्ले बोर्ड लगायतका सामग्रीहरु हस्तान्तरण गरेको छ।

गत भदौ २४ गते भएको आन्दोलनका क्रममा वारको भवन आगलागीबाट क्षति भई पूर्ण रुपमा सेवा अवरुद्ध भएपछि त्यसलाई सहज र प्रभावकारी बनाउन बैंकले सहयोग प्रदान गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बुधबार आयोजित एक कार्यक्रममा कृषि विकास बैंक लिमिटेडले नेपाल बार एशोसियसन काठमाडौंलाई उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ।

यस सहयोगबाट बार एशोसियसनको दैनिक प्रशासनिक तथा न्यायिक कार्य सम्पादन गर्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धक सुशिल हुमागाई, विभागीय प्रमुखद्धय निर्मलराज कोइराला र बीना शर्मा वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल तथा वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्माको उपस्थिति रहेको थियो भने नेपाल बार एशोसिएसन काठमाडौंको तर्फबाट वारका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र, उपाध्यक्षद्धय अधिवक्ता, सरस्वती श्रेष्ठ र तेज वहादुर रावल, महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला लगायत वारका पूर्व अध्यक्ष हरिहर दाहाल र प्रेम वहादुर खड्का लगायत वरिष्ठ अधिवक्ता, अधिवक्ता एवं वारका विभिन्न कर्मचारीहरुको समेत उपस्थिती थियो भने सो हस्तान्तरण कार्यक्रममको सञ्चालन अधिवक्ता अम्मर वहादुर राउतले गर्नु भएको थियो ।

कृषि विकास बैंक लिमिटेडले यस अघि पनि भदौ २४ गते भएको आन्दोलनका घटनाबाट प्रभावित भई क्षतिग्रस्त सेवा तथा संरचना पुनः सञ्चालनमा काठमाण्डौ जिल्ला अदालत, कीर्तिपुर नगरपालिका, प्रहरी विट सातदोवाटो लगायत विभिन्न सरकारी निकायलाई यस्तै प्रकृतिका सहयोग गर्दै आएको छ।

बैंकले सामाजिक उत्तरदायित्वलाई आफ्नो संस्थागत प्राथमिकतामा राख्दै भविष्यमा पनि सार्वजनिक हितका लागि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रम सञ्चालन वारका महासचिव केदार प्रसाद कोइरालाले गर्नुभएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *