बयानका लागि पत्र काट्दैछौँ, नआए त्यतिबेलै कुरा हुन्छ: जाँचबुझ आयोग

 बयानका लागि पत्र काट्दैछौँ, नआए त्यतिबेलै कुरा हुन्छ: जाँचबुझ आयोग

काठमाडौं– भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसंगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेन-जी आन्दोलनको विषयमा एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको बताएका हुन् ।

आयोगले बोलाउँदा ओली उपस्थित नभए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले ‘भोलीको कुरा भोली नै हुने’ उल्लेख गरे । त्यस्तै उनले पूर्व गृहमन्त्री रमेश लेखकको बयान सकिसकेको जानकारी दिएका छन ।

कार्कीले पछिल्लो समय थप गरिएको म्यादभित्रै आयोगले आफ्नो प्रतिवेदन बुझाउने दाबी गरेका छन ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *