आज १२ अंकले घट्यो नेप्से

 आज १२ अंकले घट्यो नेप्से

काठमाडौं। सेयर कारोबारको साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अंकले घटेको छ । ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २६२०.९२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १८९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

आजको सेयर कारोबारमा विन लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने ग्लोबल आइएमई सम्मुनत योजना–२ बिक्री गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरे । आज नेप्से घट्दा अन्य समूह बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *