भिजन लुम्बिनीको दशौं वार्षिक साधारण सभा सम्पन्न

 भिजन लुम्बिनीको दशौं वार्षिक साधारण सभा सम्पन्न

बुटबल । भिजन लुम्बिनी लिमिटेडको दशौं वार्षिक साधारण सभा शनिबार बुटबलमा सम्पन्न भएको छ ।

‘सामूहिक समृद्धिका लागि सामूहिक लगानी’ नाराका साथ स्थापित उक्त कम्पनीको साधारण सभाले कम्पनीको चुक्ता पुँजीको १० प्रतिशत (करबाहेक) ले हुन आउने लाभांश बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनीको जारी पुँजीको २० प्रतित शेयर सर्वसाधरणका लागि शेयरको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्ने कार्यादेश दिएको छ

कम्पनीको बोनस शेयर जारी गर्दा तथा सर्वसाधरणका लागि शेयर निष्काशन गर्दा आवश्यक पर्ने शेयर संरचना परिवर्तन, पुँजी वृद्धि तथा सञ्चालकको प्रतिनिधित्व लगायतका विषयमा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीका सम्बन्धित दफा तथा नियमहरुमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

भिजन लुम्बिनीले ऊर्जा तथा जलविद्युत्, अर्थ तथा वित्त, पर्यटन र कृषि क्षेत्रमा प्रवद्र्धन तथा लगानी गर्दै आएको छ ।

भिजन लुम्बिनले प्रवद्र्धन गरेको कास्कीको सेती नदीमा सेती जलविद्युत् आयोजना ९२५ मेगावाट को विकास तथा निर्माण सम्पन्न गरी गत २०८१ साल कात्तिक २७ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।

उक्त ऊर्जा कम्पनीको शेयर नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा शेयरको मूल्य निकै आकर्षक देखिएको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।

अध्यक्ष पोखरेलले यही कम्पनीले तल्लो चमेलिया ९२० मेगावाट, माथिल्लो सेती १ ९१३ मेगावाट लगायतका नयाँ आयोजनाहरु विकास तथा प्रवद्र्धनका लागि प्रारम्भिक अध्ययन भइरहेको जानकारी दिए ।

यसैगरी भिजन ग्रुपअन्तर्गतको भिजन लुम्बिनी ऊर्जा कम्पनीको पनि सातौं वार्षिक साधारण सभा बुटबलमै सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष सुदिप सिंह अधिकारीले गत वर्ष कम्पनीले हासिल गरेका उपलब्धिहरु, आगामी योजना र आयोजना सञ्चालनका सम्भावित समस्याहरुबारे प्रकाश पारे । उनले सभामा पेश गरेको प्रस्ताव पारित भएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *