जाँचबुझ आयोगले केपी ओलीलाई पठायो पत्र

 जाँचबुझ आयोगले केपी ओलीलाई पठायो पत्र

काठमाडौँ । जेन जेड आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ ।

सार्वजनिक रूपमै बयान दिन नजाने, किन जाने रु भन्दै प्रतिवाद गरिरहेका ओलीलाई आयोगले पत्र पठाएको हो । पत्रमा सात दिनभित्र जवाफ दिनुपर्ने समयसीमा तोकिएको छ ।

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ । लेखकको बयान सकिएसँगै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र लेखेको हो ।

आयोगले यसअघि लेखक, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी लगायतसँग बयान लिइसकेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *