नेफ्स्कून बोर्डको निर्णय, सञ्चालक वीरबहादुर रावत निलम्बित गर्ने, छानबिन समिति गठन

 नेफ्स्कून बोर्डको निर्णय, सञ्चालक वीरबहादुर रावत निलम्बित गर्ने, छानबिन समिति गठन

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सञ्चालक वीरबहादुर रावतलाई निलम्बन गर्ने निर्णय गरेको छ।

संघको भर्चुअल माध्यमबाट सम्पन्न बोर्ड बैठकले रावतलाई निलम्बन गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो।

बोर्ड बैठकको निर्णयअनुसार उपाध्यक्ष शान्ति अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।

समितिका सदस्यमा सञ्चालक समितिका सदस्य नवराज अर्याल र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सपकोटा रहेका छन्।

समितिले घटनासँग सम्बन्धित सबै पक्षको अध्ययन, अनुसन्धान तथा तथ्य संकलन गरी विस्तृत प्रतिवेदन तयार गर्नेछ। उक्त प्रतिवेदन बोर्ड बैठकमा पेश भएपछि थप निर्णय लिइने नेफ्स्कूनले जनाएको छ।

संघले सहकारी क्षेत्रको सुशासन, पारदर्शिता र जवाफदेहितालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक कदम चालिएको बताएको छ।

यस अघि रावतले कार्यालयमै कर्मचारीलाई हातपात गरेको भिडियो सार्वजनिक भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *