प्रचण्ड र ओलीबिच भेटवार्ता, चुनावी तालमेलबारे छलफल
काठडमाडौं । दुई शीर्ष नेता नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको हो ।
आइतबार ललितपुरको च्यासलस्थित एक कार्यकर्ताको घरमा ओली र प्रचण्डबीच एक्ला एक्लै करिब आधा घण्टा लामो संवाद भएको हो ।
भेटमा समसामयिक राजनीति, माघ ११ को राष्ट्रिय सभा निर्वाचन र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबारे कुराकानी भएको बताएको छ। प्रचण्डको सचिवालयले यसबारे अरू विस्तृत विवरण खुलाएको छैन ।
दुई नेताबीच माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनमा तालमेलको सम्भावनाबारे कुरा भएको छ। तर अझै पनि यी दुई दल सहमतिनजिक पुगेका छैनन् ।
प्रचण्ड आइतबार साँझ नै भारतको यात्रामा जाँदैछन् ।
