सुनको मूल्य उच्च बिन्दुमा, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनको मूल्य आज ह्वात्तै बढेको छ । सोमबार (आज) सुन प्रतितोला ४६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारअघिल्लो दिन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज दुई लाख ६५ हजार कायम भएको छ ।
यस्तै, अघिल्लो दिन प्रतितोला चार हजार ५०० रुपैयाँ रहेको चाँदी यस दिन बढेर चार हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
