नेपाललाई ‘बेटर डेस्टिनेसन’ मात्र होइन, ‘इजी डेस्टिनेसन’ पनि बनाउनुपर्छ : नाट्टा अध्यक्ष थपलिया

 नेपाललाई ‘बेटर डेस्टिनेसन’ मात्र होइन, ‘इजी डेस्टिनेसन’ पनि बनाउनुपर्छ : नाट्टा अध्यक्ष थपलिया

काठमाडौँ। अव्यवस्थित पूर्वाधार, जटिल भिसा प्रक्रिया, उच्च करदर तथा सीमित अन्तर्राष्ट्रिय कनेक्टिभिटीका कारण नेपालको पर्यटन क्षेत्र गम्भीर चुनौतीमा परेको पर्यटन व्यवसायीहरूले बताउनुभएको छ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सी (नाट्टा) द्वारा आइतबार काठमाडौँमा आयोजित ५८औँ वार्षिक कार्यक्रममा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले पर्यटन व्यवसायीहरूले भोग्दै आएका समस्या सार्वजनिक गर्दै समाधानका स्पष्ट प्रस्तावहरू प्रस्तुत गर्नुभयो।

नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्यसमेत रहनुभएका अध्यक्ष थपलियाले नेपाललाई केवल ‘बेटर डेस्टिनेसन’ का रूपमा मात्र नभई ‘इजी डेस्टिनेसन’ का रूपमा पनि विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले यसका लागि भिसा प्रक्रिया सरल बनाउनु, पर्यटन व्यवसाय सञ्चालन सहज बनाउन प्रशासनिक तथा कर प्रणालीमा सुधार गर्नु, र अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन गन्तव्यहरूको प्रचार–प्रसार विस्तार गर्नु आवश्यक रहेको जानकारी दिनुभयो।

कार्यक्रममा बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठ तथा संघीय सरकारका उच्च अधिकारीहरूलाई सम्बोधन गर्दै अध्यक्ष थपलियाले पर्यटन क्षेत्रका समस्यालाई चार प्रमुख खण्डमा वर्गीकरण गर्दै प्रस्तुत गर्नुभयो।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक अच्युत वाग्लेले नाट्टाको पहलले नेपालको पर्यटन उद्योगलाई दीगो, पहुँचयोग्य र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *