कांग्रेस पार्टी फुटोस् कमजोर होस् भन्नेको चाहना पुरा हुँदैन: कृष्णप्रसाद सिटौला

 कांग्रेस पार्टी फुटोस् कमजोर होस् भन्नेको चाहना पुरा हुँदैन: कृष्णप्रसाद सिटौला

काठमाडौँ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले आह्वान गरेको विशेष महाधिवेशनलाई असफल पार्ने घोषणा गरेका छन्।

महामन्त्रीहरुले यहीँ पुस २६–२८ गतेसम्म काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेका छन्। संस्थापन पक्षका सिटौलाले सोमबार पत्रकारहरुसँगको भेटघाटमा विशेष महाधिवेशन आवश्यक नभएकाले असफल पार्ने घोषणा गरेका हुन्।

सिटौलाले भने, ‘विशेष महाधिवेशन हुन दिँदैनौँ, हुँदैन हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन आग्रह गर्छु।’

उनले अहिले महाधिवेशनका पनि फागुन २१ गतेका तोकिएको चुनावमा लाग्नुपर्ने बताए। ‘म साथीहरुलाई आह्वान गर्छु अहिले चुनावको तयारीमा लाग्नुहोस्। कांग्रेस पार्टी फुटोस् कमजोर होस् भन्नेको चाहना पुरा हुँदैन, सिटौलाले भने।

संस्थापन पक्षबाट सभापतिका लागि दाबीसमेत गरिरहेका सिटौलाले आउँदो वैशाख २८ गते तोकिएको नियमित महाधिवेशन नै पार्टीका लागि हितकर हुने जिकिर गरे। त्यस्तै उनले राष्ट्रियसभा चुनावमा एमाले वा नेकपामध्ये एकसँग गठबन्धन हुने जानकारी दिए।

तीनै दलबीच गठबन्धन गर्न छलफलमा रहेका कांग्रेस, एमाले र नेकपाबीच सहमति नजिक पुगेका छन्। सिटौलाले भने, ‘राष्ट्रिय सभा निर्वाचनमा कुनैन कुनै पार्टीसँग तालमेल हुन्छ, कुनकुन प्रदेशमा कांग्रेसले कोटा पाउँछ आज थाहा हुन्छ।’

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *