वीरगञ्ज महानगरमा अनिश्चितकालीन निषेधाज्ञा, भेला र प्रदर्शनमा रोक

 वीरगञ्ज महानगरमा अनिश्चितकालीन निषेधाज्ञा, भेला र प्रदर्शनमा रोक

काठमाडौँ ।  वीरगञ्ज महानगरपालिकाका चार प्रमुख क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा दुई समुदायबीच हुन सक्ने सम्भावित मुडभेडलाई लक्षित गर्दै निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको आदेशअनुसार आइतबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म कुनै भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाइने भएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३क० बमोजिम निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ।

आदेश उल्लंघन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्रहरू

पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चौक र दक्षिणतर्फ शंकराचार्य गेट।

प्रशासनले शान्ति सुरक्षा कायम राख्न आदेश जारी गरिएको बताउँदै सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *