राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै
काठमाडौँ । काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। सो ऋणपत्र मोमोज मार्फत बोलकबोल प्रक्रियाबाट जारी गरिने राष्ट्र बैंकले जनाएको छ। सो ऋणपत्र मोमोज मार्फत बोलकबोल प्रक्रियाबाट जारी गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको बोलकबोल पुस २३ गते मध्याह्न २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुनेछ। ऋणपत्रको निष्कासन मिति पुस २४ गते तोकिएको छ भने यसको सावाँ भुक्तानी २०८३ पुस २२ गते हुनेछ। ऋणपत्रको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।
बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँ र सो भन्दा माथि ५ करोडले भाग गर्दा निःशेष जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोल गर्दा रकमसँगै ब्याजदर पनि दशमलव पछाडि चार अंकसम्म उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
बोलकबोलमा स्वीकृत हुने ब्याजदर सानोदेखि ठूलो क्रममा क्रमबद्ध गरी एकल ब्याजदर कायम गरिनेछ। परिपक्व मिति अगावै ऋणपत्र फिर्ता नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
