हर्क साम्पाङ सुनसरी- १ बाट चुनाव लड्ने

 हर्क साम्पाङ सुनसरी- १ बाट चुनाव लड्ने

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारीको घोषणा गर्दै लेखेका छन्,“म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु !जय माटो ! जय देश !”

धरानको मेयरका रूपमा उनले श्रमदान, प्राकृतिक स्रोतको संरक्षण र आत्मनिर्भर विकासको अवधारणालाई जोड दिँदै आएका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *