नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को १८औँ वार्षिक साधारण सभा सम्पन्न

 नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को १८औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । देशभरका १ हजार १ सय ५१ संस्थाका प्रतिनिधिहरुको सहभागितामा भएको साधारणसभामा बोल्नुहुँदै पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष  बडालले सहकारी आन्दोलनमा महिलाको भूमिकालाई विशेष रूपमा उल्लेख गर्नुभयो ।

उहाँले सहकारी क्षेत्रमार्फत महिलामा आएको जागरणले नेपाली समाजको रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

अध्यक्ष बडालले भारतसहित दक्षिण एसियाली मुलुकहरू—भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामा सन् १९०४ मै सहकारी ऐन बनेको स्मरण गराउँदै नेपालले त्यसको ८८ वर्षपछि आफ्नो सहकारी ऐन निर्माण गर्दा देशको आवश्यकता अनुसार परिपक्व र प्रभावकारी कानुन बनाउन सफल भएको जनाउनुभयो ।

छिमेकी मुलुक भारतमा करिब १ अर्ब ४५ करोड जनसंख्या रहेको उल्लेख गर्दै उहाँले त्यहाँ सहकारी क्षेत्रमा महिलाको सहभागिता २० प्रतिशत मात्र रहेको बताउनुभयो ।

अध्यक्ष बडालले प्रारम्भिक तहका सहकारी संस्थामा महिलाको सहभागिता खुला गर्नुपर्नेमा जोड दिँदै यसले सहकारीको दर्शन, सिद्धान्त, मूल्य–मान्यता, आचरण तथा कार्यपद्धतिमा कुनै असर नपार्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेमबहादुर पाठकले सहकारी क्षेत्रको दिगो विकासका लागि सुशासन, पारदर्शिता र महिला सहभागिता अपरिहार्य रहेको बताउनुभयो ।

यस्तै, सहकारी विभागका रजिष्ट्रार सुशिल ढकालले सहकारीको नियमन, सुधार र विश्वास पुनःस्थापनाका लागि राज्यका निकायहरू सक्रिय रूपमा लागिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न सहकारी संघ–संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *