सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष रतनलाल केडियाज्यूको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा सभाध्यक्षले उपस्थित शेयरधनी, नियामक निकायका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभयो । साथै उहाँले कम्पनीको वार्षिक प्रगति, वित्तीय अवस्था, उपलब्धि तथा भावी कार्यदिशासहितको वार्षिक विवरण सभामा पेश गर्नुभयो ।
साधारण सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरू छलफल गरी पारित गराइएको थियो ।
सभामा शेयरधनीहरूले कम्पनीको समग्र प्रगति प्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा अझ सुदृढ, विश्वसनीय र ग्राहकमुखी सेवा विस्तारको अपेक्षा समेत व्यक्त गरेका थिए ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्दै विश्वास र पारदर्शितालाई प्राथमिकतामा राखी अघि बढिरहेको जनाएको छ ।
