काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस, तराईमा हुस्सु र कुहिरो

 काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस, तराईमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर आज आंशिक बदली रहने छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने छ । बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ ।

सुरुवाती मापनमै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव शून्य अर्थात् ३.० डिग्री सेल्सियस देखिएको हो।

यो सुरुवाती मापन मात्र हो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिलेको भन्दा अझ घट्ने सम्भावना हुन्छ।

हिजो बिहीबार पनि सुरुवाती मापनमा ३.३ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम पछि बिहान ८:४५ बजे घटेर ३ डिग्री सेल्सियसमा झरेको थियो।

विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने छ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहने विभागले बताएको छ ।

बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *