रानी मुखर्जीको ‘मर्दानी ३’ रिलिज मिति सार्वजनिक 

 रानी मुखर्जीको ‘मर्दानी ३’ रिलिज मिति सार्वजनिक 

काठमाडौं। बलिउडको चर्चित महिला–केन्द्रित प्रहरी फ्रेन्चाइज ‘मर्दानी’ फेरि एकपटक दर्शकमाझ धमाकेदार रूपमा फर्किने तयारीमा छ ।

यशराज फिल्म्सले फेब्रुअरी २७ मा रिलिज हुने भनिएको रानी मुखर्जी अभिनीत ‘मर्दानी ३’ को रिलिज मिति अगाडि सार्दै ३० जनवरी २०२६ मा प्रदर्शनमा आउने घोषणा गरेको छ ।

मिति घोषणासँगै सार्वजनिक गरिएको पहिलो पोस्टरले फिल्म अहिलेसम्मकै सबैभन्दा गहिरो , हिंसात्मक र गम्भीर हुने संकेत दिएको छ ।

एक दशकभन्दा बढी समयदेखि ‘मर्दानी’ हिन्दी सिनेमाको सबैभन्दा सफल र एकमात्र महिला प्रधान प्रहरी फ्रेन्चाइजका रूपमा आफ्नो बलियो पहिचान बनाउँदै आएको छ ।

तेस्रो भागमा पनि अभिनेत्री रानी मुखर्जी आफ्नो चर्चित पात्र शिवानी शिवाजी रोय को भूमिकामा पुनः देखिँदै छिन् । निडर, कठोर र न्यायका लागि कुनै सम्झौता नगर्ने प्रहरी अधिकृत शिवानीको यो अवतार अझ शक्तिशाली र गहिरो हुने बताइएको छ।

भारतीय मिडिया अनुसार, अभिराज मिनावालाको निर्देशन तथा आदित्य चोपडाको निर्माणमा तयार हुँदै गरेको ‘मर्दानी ३’ ले अघिल्ला भागझैं समाजका संवेदनशील र असहज यथार्थलाई निर्भीक रूपमा उजागर गर्ने परम्परा कायम राख्नेछ ।

पहिलो भाग ‘मर्दानी’ ले मानव बेचबिखनजस्तो गम्भीर विषय उठाएको थियो भने ‘मर्दानी २’ ले मानसिक रूपमा विक्षिप्त सिरियल अपराधीको डरलाग्दो मानसिकता देखाएको थियो। तेस्रो भागमा पनि समाजको अर्को अँध्यारो र क्रूर पक्षलाई पर्दामा ल्याइने बताइएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *