कांग्रेसको विशेष महाधिवेशन: बन्दसत्र आज बिहान १० बजेदेखि सुरु हुँदै

 कांग्रेसको विशेष महाधिवेशन: बन्दसत्र आज बिहान १० बजेदेखि सुरु हुँदै

नेपाली कांग्रेसकाे विशेष महाधिवेशन पक्षधरले काठमाडौँको भृकुटीमण्डपमा आइतबार आयोजना गरेको विशेष महाधिवेशनमा सहभागी कांग्रेस नेताहरू । तस्बिरः गोपाल दाहाल / रासस

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखि हुने भएको छ। यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्दसत्र हुन लागेको हो ।

व्यवस्थापन उपसमिति अन्तर्गत प्रचारप्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम सुरु हुनेछ भने १० बजेदेखि बन्दसत्र चालु हुनेछ ।

विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या दुई हजार ६६२ पुगेको छ । यो भनेको कूल महाधिवेशन प्रतिनिधिको ५६।१२ प्रतिशत हो । असोजमा विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिहरुको हस्ताक्षर थियो ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *