सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

 सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आजको कारोबारमा सुनको मूल्य बढेसँगै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २०५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *