बैतडीमा जीप दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

 बैतडीमा जीप दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

सोमबार बिहान करिब १० बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ मा म १ ज २२४ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो ।

सुर्नयाबाट डडेल्धुरातर्फ जाँदै गरेको जीप सडकबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *