सुन्तला खेती जोगाउने उपाय र सही मलखाद प्रयोग गर्ने तरिका
काठमाडौं । नेपालमा ५३ वटा मध्य पहाडी क्षेत्रको जिल्लाहरुमा सुन्तला जात फलफूलको खेती हुँदै आइरहेको छ। नेपालमा हुँदै आएको फलफूल खेतीको क्षेत्रफल मध्ये ३२५ क्षेत्रफल सुन्तलाजात फलफूलले ओगटेको छ, जसमध्ये सुन्तलालेमात्र २१५ क्षेत्रफल ओगटेको छ ।
सुन्तला बगैचाले किसानको जिविको-पार्जनमा महत्वपूर्ण भूमिका खेलेता पनि मध्य पहाडी जिल्लाहरुमा सुन्तला बगैंचामा ह्रासको समस्या उत्तिकै देखिन थालेको छ । बगैचा ह्रास हुनको प्रमुख कारणहरु मध्ये मलखाद व्यवस्थापनको कमी पनि हो ।
बगैचा ह्रास न्यूनिकरणको उद्देश्यले गरिएको २ वर्षको अनुसन्धानबाट आएको नतिजा अनुसार मलखादको मात्रा प्रयोग गर्दा बिरुवाको वृद्धि विकास फलको गुणस्तर र उत्पादनमा वृद्धि भई बगैंचा ह्रास न्यूनिकरण भएको पाईएको छ ।
मलखाद व्यवस्थापन प्रविधि
१. विरुवाको जरा नजिक वरिपरी रिङ बनाई नाइट्रोजन २५० ग्रा फोस्फोरस २५० ग्राम . पोटासियम ५०० ग्राम कपर सल्फेट ७५ ग्रांबोरीक एसीड २० ग्रा. जिङग्सल्फेट १५० ग्रा.मेन्गेनिज सल्फेट ७५ ग्रा प्रति बोटको दरले माटोमा राम्ररी मिसाएर खाडल पुनु पर्दछ ।
२. त्यस पश्चात् फूल फुल्ने बेलामा २५० ग्रा नाईट्रोजन प्रति बोटको दरले बोटको वरिपरी रिडमा माटोसंग राम्ररी मिसाई, छापो दिई सिचाई गर्नु पर्दछ ।
३. फल टिपिसके पछि बिरुवा सुषुप्त अवस्थामा रहेकै बेला एकनाशले टुप्पा देखि २५ सेमी हागाहरुको काँटछाँट गर्ने ।
४. काँटछाँट पश्चात् गजब (हमान र भिटामिनको समिश्रण) २ मी लि. प्रतिलिटर पानीको दरले झोलबनाई सबैंपातहरु झिज्ने गरी छर्कने ।
५.बिरुवाको जरा नजिकवरिपरी रिङ बनाई ५० किलो राम्ररी कुहिएको गोवारमल २५० ग्राम नाईट्रोजनंं२५० ग्रामफोस्फारस ५०० ग्राम पोटासियम माटोमा राम्ररी मिसाएर खाडलमा पुर्ने
६. खाडल पुरिसके पश्चात सुकेको पातले छापो दिई सिंचाई गर्ने ।
७. त्यस पश्चात् पुनस् फूल्ने बेलामा २ मी लि मीटर पानीको दरले झोल बनाई पात राम्ररी भिज्ने गरी छर्किने साथै माटोमा २५० ग्राम नाइट्रोजन प्रतिबोटको दरले मिसाउने र छाप्रो दिई सिचाई गर्ने ।
८. यो सँगसँगैं अन्य नियमित कार्यहरु जस्तैं सिंचाई, गोडमेल,झार नियन्त्रण, रोग नियन्त्रण आवश्यकता अनुसार गरेमा सुन्तलाको फलको गुणस्तर बढ़ने, उत्पादनमा वृद्धि हुने र र क्रमिक रुपमा बगैंचा हासमा कमी आउदै जाने देखिएको छ ।
स्रोत: नेपाल कृषि अनुसन्धान परिषद
