हामीले उम्मेदवार चयनका लागि नयाँ पद्धति विकास गर्न सकेका छैनौँ :विश्वप्रकाश शर्मा

 हामीले उम्मेदवार चयनका लागि नयाँ पद्धति विकास गर्न सकेका छैनौँ :विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधित्वमा नातावाद झल्किएको भन्दै पार्टीभित्र चर्को आलोचना भइरहेको कुरा स्वीकारेका छन् ।

विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गर्दै एकाघरका सदस्य (मूलतः श्रीमान्-श्रीमती) एकै पटक एउटै तहको जनप्रतिनिधि बनेको विषय नागरिक पंक्तिमा आलोचित र अलोकप्रिय बनेको उल्लेख गरेका छन् ।

उम्मेदवार चयन गर्न प्राइमरी इलेक्सनको प्रस्ताव अघि सारेका छन् ।

प्रस्तावमा भनिएको छ, ‘पार्टी भित्रको आन्तरिक सुशासनमा प्राय प्रश्न उठ्ने गरेको विषय हो-पार्टीका उम्मेदवारहरू चयनमा रहेको परम्परागत प्रणाली । हामीले उम्मेदवार चयनका लागि लोकप्रियता, योग्यता र न्यायको मिश्रण सहितको नयाँ पद्धति विकास गर्न सकेका छैनौँ ।’

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *