भारतको हिमाचलमा ग्यास विस्फोट, ९ जना नेपालीको मृत्यु

 भारतको हिमाचलमा ग्यास विस्फोट, ९ जना नेपालीको मृत्यु

काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलान जिल्लामा ग्यास विस्फोट भएको छ । ग्यास विस्फोटमा परी मृत्यु हुनेमा ९ जना नेपाली रहेका छन । मृत्यु हुनेमा नेपालको सल्यानस्थित सिद्ध कुमाल गाउँपालिका २ भडारेका स्थायी बासिन्दा रहेका छन् ।

सिद्ध कुमाख गाउँपालिका वडा नं. २ टाकुरा स्थायी ठेगाना भएको २ परिवारका ९ जना रोजगारीको शिलशिलामा भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की बजारमा काम गर्दै आएका थिए ।

गत आइतबार ग्यास विस्फोट भई आगलागी हुँदा धन बहादुर वि.क, कविता वि.क, राधा वि.क, रेनुका वि.क राजन वि.क, काशिराम कामी, अनु वि.क, टिका वि.क र किरण वि.कको ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष मेक बहादुर बुढाथोकीले जानकारी दिएका छन ।

वडाध्यक्ष बुढाथोकीका अनुसार उनीहरूको २७ गते नै आगलागीमा परेर मृत्यु भएता पनि पहिचान खुल्न सकेको थिएन । ९ जनाको निधनको शोकमा आज २ नम्बर वडा कार्यालय, वडा भित्र पर्ने सामुदायिक विद्यालय तथा सरकारी कार्यालयमा शोक बिदा दिइएको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *