लगानी बोर्डद्वारा ५५ आयोजनाका लागि १७ खर्बको लगानी स्वीकृत

 लगानी बोर्डद्वारा ५५ आयोजनाका लागि  १७ खर्बको लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डले १७ खर्ब १६ अर्ब रुपैयाँका ५५ वटा आयोजना स्वीकृत गरेको छ। लगानी बोर्डले स्वीकृत गरेका सबै आयोजना सबैभन्दा बढी ऊर्जाका रहेका छन् । ऊर्जामा ४० वटा आयोजना स्वीकृत भएका छन् भने यी आयोजनाको लगात १३ खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीका अनुसार हालसम्म स्वीकृत भएका आयोजनामध्ये अधिकांशा निर्माणकै चरणमा रहेका छन् ।
निर्माण चरणमा गएका यी आयोजना दहचोक, भक्तपुर र पोखरामा रहेका छन । पर्यटनको अर्को परियोजनामा ८१ किलोमिटरको नयाँपुल मुक्तिनाथ केवलकार रहेको छ ।

उत्पादनमूलक क्षेत्रमध्ये १५ अर्ब लगानीको सम्राट सिमेन्ट, ३७ अर्ब रुपैयाँको होङ्सी र २१ अर्ब रुपैयाँको हुवासिनले उत्पादन सुरु गरिसकेको छ भने अरुले बोर्डबाट स्वीकृति लिएर निर्माणकै चरणमा काम गरिरहेका छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *