निर्वाचन सुरक्षा व्यवस्थामा छलफल गर्न गृहमन्त्री अर्याल जनकपुरमा
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल जनकपुर पुगेका छन्।
जनकपुरमा आयोजना हुने मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुने गृहमन्त्रीसहितको सुरक्षा टोली त्यहाँ पुगेको हो ।
गोष्ठीमा आगामी निर्वाचनको सुरक्षा व्यवस्था, अन्तरनिकाय समन्वय र सम्भावित चुनौतीबारे छलफल हुने स्रोतले बताएको छ ।
