सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको पनि बढ्यो
ठमाडौं । सुनको मूल्यले मंगलबार (आज) कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १८ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन प्रतितोला दुई लाख ७४ हजार ७०० कारोबार भएको थियो ।
आज तोलाको छापावाल सुन दुई लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ ।
त्यसैगरी,चाँदीको मूल्यमा पनि अर्को रेकर्ड बनेको छ ।
मंगबार चाँदीको भाउ प्रतितोला पाँच हजार ३४० रुपैयाँ पुगेको छ ।
यो अघिल्लो दिनको तुलनामा १४५ रुपैयाँ बढी हो । सोमबार चाँदी प्रतितोला पाँच हजार १९५ रुपैयाँ थियो ।
