सुदूरपश्चिममा माघीको अवसरमा पुस ३० गते सार्वजनिक बिदा

 सुदूरपश्चिममा माघीको अवसरमा पुस ३० गते सार्वजनिक बिदा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले थारू समुदायको माघी पर्वको अवसरमा भोली (पुस ३०) मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पश्चिम नेपालको थारू समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पुस अन्तिम दिन थारू समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ । प्रदेश राजपत्रमा ३० पुसमा जिता पर्व भनेर सार्वजनिक बिदा उल्लेख छ ।

माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन रहेको थारू समुदायमा पुस अन्तिम दिनदेखि १ र २ माघसम्म विशेष रूपमा पर्व मनाइन्छ । सो अवसरमा १ माघमा राष्ट्रिय पर्वको रूपमा नै बिदा दिइँदै आइएको छ । त्यसपछि स्थानीयस्तरमा पनि सार्वजनिक बिदा दिइँदै आइएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *