जिल्ला सहकारी संघ चितवन द्वारा प्राधिकरणमा गर्न अभिमुखीकरण कार्यक्रमको आयोजना
काठमाण्डौ । जिल्ला सहकारी संघ लिमिटेड, चितवनले जिल्लाभित्र सञ्चालनमा रहेका बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था र प्रारम्भिक सहकारी संस्थाहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी परिपत्रअनुसार दर्ता संस्था दर्ता गर्ने बारेमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी परिपत्रअनुसार सहकारी संस्था अनिवार्य रूपमा दर्ता तथा अभिलेखीकरण हुनुपर्ने व्यवस्था कार्यान्वयनका लागि उक्त कार्यक्रम आयोजना गर्न लागिएको संघले जनाएको छ।
सोही प्रयोजनका लागि जिल्ला सहकारी संघ चितवनले सहकारी संस्थाहरूको सहभागितामा विशेष अभिलेखीकरण तथा दर्ता सम्बन्धी कार्यक्रम सञ्चालन गर्न लागेको हो।
संघका अनुसार माघ ६ गते, बिहान जिल्ला सहकारी संघ लिमिटेड, चितवनको सभाहलमा आयोजना हुनेछ।
सूचनाअनुसार प्रत्येक संस्थाबाट व्यवस्थापकको अनिवार्य सहभागिता हुनुपर्नेछ भने अधिकतम ३० जना सहभागी रहने व्यवस्था गरिएको छ ।
कार्यक्रममा सहभागी हुन आउने सहकारी संस्थाहरूले आफ्नो छाप, संस्था दर्ता तथा अभिलेखीकरणका लागि आवश्यक सम्पूर्ण विवरण तथा कागजातहरू साथमा ल्याउनुपर्ने संघले जनाएको छ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले तोकेको मापदण्डअनुसार सहकारी संस्थाको आधारभूत, वित्तीय तथा स्वघोषणा सम्बन्धी विवरणहरू अनिवार्य रूपमा संकलन तथा अभिलेखीकरण गर्नुपर्ने व्यवस्था रहेकाले सोही अनुरूप कार्यक्रम आयोजना गरिएको जिल्ला सहकारी संघ चितवनले स्पष्ट पारेको छ।

