मेयर बालेन शाहद्वारा राजनीतिक यात्रा अघि बढाउँदै पदबाट राजीनामा

 मेयर बालेन शाहद्वारा राजनीतिक यात्रा अघि बढाउँदै पदबाट राजीनामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएका छन्।

उनले उप-प्रमुख सुनिता डंगोललाई आफ्नो राजीनामा पत्र पेश गर्दै आजदेखि लागू हुने गरी पदबाट अवकाश लिन लागेको जानकारी दिएका हुन्।

“यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनम महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास(यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाई तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु,”राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेनले झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बन्नका लागि उनले मेयर पदबाट राजीनामा दिएका हुन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *