मेरो क्षेत्रमा बालेनलाई चिन्दैन्न, प्रतिद्वन्द्वीलाई डेरा खोज्न साथ दिन्छु: ओली

 मेरो क्षेत्रमा बालेनलाई चिन्दैन्न, प्रतिद्वन्द्वीलाई डेरा खोज्न साथ दिन्छु: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लड्न आउनेहरूका लागि आफूले नै बस्ने व्यवस्था मिलाइदिने बताएका छन्।

सोमबार दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।

बाहिरी जिल्लाबाट आएर आफ्नो क्षेत्रमा उम्मेदवारी दिने चर्चामा रहेका व्यक्तिहरूलाई आफैँले डेरा खोजिदिने उनले बताए।

​ओलीले आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरिरहेका बालेन साहलाई त्यहाँको भूगोल र समाजसँग कुनै सम्बन्ध नभएको आरोप लगाए। उनले भने, ‘अहिले जो–जो मसँग चुनाव लड्न आउँछु भन्दै हुनुहुन्छ, उहाँहरूका लागि त यहाँ न घर छ, न डेरा छ। न परिवार, न आफन्त, न नातागोता। कसैलाई चिन्नुभएको पनि छैन।’

बालेन भन्ने व्यक्तिलाई कसैले पनि नचिनेको ओलीले सुनाए। आफ्नो क्षेत्रमा आउने प्रतिद्वन्द्वीहरूलाई आफूले सक्दो सहयोग गर्ने गर्ने उनले बताए।

‘यदि उहाँहरू चुनाव लड्न आउनुहुन्छ भने म आफैँ डेरा खोजिदिन्छु, उनले भने, ‘हाम्रो क्षेत्रमा आएपछि सुरक्षित महसुस गराउँछौँ। हामी डर–त्रास र आतंकको राजनीति गर्दैनौँ।’

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *