उमेदवारी मनोनयन गर्न जाँदा तडकभडक गरे कारबाही हुन्छ : निर्वाचन आयुक्त भण्डारी

 उमेदवारी मनोनयन गर्न जाँदा तडकभडक गरे कारबाही हुन्छ : निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजालगायत तडकभडक नगर्न चेतावनी दिएका छन् ।

सञ्चारकर्मीहरूसँग सोमबार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् ।

तडकभडकलाई कानूनले पूर्ण रूपमा निषेध गरेको र आचारसंहिताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरू नगर्न सचेत गराएका छन । आचारसंहिता उल्लंघन गर्ने विरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी दिए । निष्ठापूर्वक आचारसंहितालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गरे । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने दाबी गरे । निर्वाचन हुँदैन कि भन्ने शंका नगर्न पनि आग्रह गरेका छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *