शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने

 शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने भएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् ।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु।’

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न अनुरोध गर्दै आएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता अगाडि देउवाको सचिवालयले चुनाव नलड्ने विषयमा जानकारी गराएको हो।

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव जित्दै आएका थिए । उनी उक्त क्षेत्रबाट सात पटक निर्वाचित भइसकेका नेता हुन्।

देउवाले चुनाव नलड्ने जानकारी गराउँदा यता उनकी पत्नी आरजु राणा देउवा टिकटबाट बन्चित भएकी छन् । उनको क्षेत्र कैलाली–५ मा कांग्रेसले नारायण शाहलाई टिकट दिएको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *