शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा
काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन्।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षामन्त्री पुनले राजीनामा दिएको उल्लेख गरेका छन् ।
खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो १’ यसअघि सोमबार सञ्चामन्त्री जगदीश गरेल र खेलकुदमन्त्री बब्लु यादवले पनि राजीनामा दिएका थिए ।
