जगदीश खरेल ललितपुर–२ बाट उम्मेदवार बन्ने

 जगदीश खरेल ललितपुर–२ बाट उम्मेदवार बन्ने

काठमाडौँ । जगदीश खरेल मंगलबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध हुने भएका छन् । उनको पार्टी प्रवेश तथा स्वागत कार्यक्रम मंगलबार बिहान ११ बजे आयोजना गरिने जनाएको छ ।

पार्टी प्रवेशसँगै खरेल ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने निश्चित भएको छ । यसअघि चुनाव लड्ने विषयमा निर्णय नभएको बताउँदै आएका खरेलले मनोनयन दर्ता सुरु हुनुअघि मन्त्री पदबाट राजीनामा दिएका थिए ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *