बालेन्द्र शाहले झापा-५ बाट गराए उम्मेदवारी दर्ता

 बालेन्द्र शाहले झापा-५ बाट गराए उम्मेदवारी दर्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन्। दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गरेका हुन् ।

समर्थकको ठूलो भीडसहित आफ्नो उम्मेदवारी दर्ताको लागि पुगेका बालेनले २१ फागुनमा हुने निर्वाचनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा रोजेका हुन्।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी राजनीतिमा आएका हुन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *