बाजुराका ६२ मतदानस्थल संवेदनशील, सुरक्षा व्यवस्था कडा गरिने

 बाजुराका ६२ मतदानस्थल संवेदनशील, सुरक्षा व्यवस्था कडा गरिने

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि तोकिएका बाजुराका १११ मतदानस्थलमध्ये ६२ मतदानस्थल अति संवेदनशील रहेका छन् ।

बाजुराका ७७ मतदान केन्द्रका ६२ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति प्रमुख तथा प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन। प्रमुख जिल्ला अधिकारीका अनुसार बाँकी १२ वटा संवेदनशील र ४४ मतदान स्थल मध्यम र सामान्य रहेको बताएका छन् ।

अति संवेदनशील मतदान स्थल कूल मतदान स्थलको ८० दशमलव ५१ प्रतिशत रहेको प्रजिअ निरौलाले बताए। अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सम्भावित जोखिम, विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि तथा स्थानीय परिस्थितिलाई आधार बनाएर सुरक्षा व्यवस्था कडाइ गरिने जिला सुरक्षा समितिले जनाएको छ ।

निर्वाचन समयावधिमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न र नगराउन जिल्लास्थित राजनीतिक दल र दलका उम्मेदवार तथा सर्वसाधारणलाई सुरक्षा समितिले आग्रह गरेको छ । जिल्लामा हाल ८७ हजार ८६१ मतदाता छन् ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *