राजनीतिक हिंसा हुन नदिन सरकार प्रतिबद्ध छ : गृहमन्त्री अर्याल

 राजनीतिक हिंसा हुन नदिन सरकार प्रतिबद्ध छ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले देशमा राजनीतिक हिंसा हुन नदिइएको र आगामी दिनमा पनि हुन नदिइने स्पष्ट पारेका छन् ।

गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको समग्र सुरक्षा अवस्था नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनहरूमा देखिएका गतिविधि र सम्भावित चुनौतीहरूलाई मध्यनजर गरी गृह मन्त्रालयले सुरक्षा व्यवस्था थप सुदृढ बनाएको जानकारी दिए । संवेदनशील क्षेत्रहरूमा उच्च सतर्कता अपनाइएको र आवश्यक स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ ।

गृहमन्त्री अर्यालका अनुसार एकीकृत सुरक्षा कार्ययोजना तयार गरी जिल्ला तहसम्म कार्यान्वयनमा ल्याइएको छ । यसका लागि सबै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न भइसकेको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय तहबीच सुरक्षा समन्वयलाई मजबुत बनाइएको बताए ।

उनले सामाजिक सद्भाव, शान्ति र सुव्यवस्था कायम राख्नु सरकारको प्रमुख प्राथमिकता रहेको जनाउँदै कुनै पनि बहानामा हिंसा, अराजकता वा अस्थिरता फैलिन नदिइने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा गृहमन्त्री अर्यालले सुरक्षाकर्मीको मनोबल उच्च रहेको उल्लेख गर्दै सुरक्षा निकाय जिम्मेवारीपूर्वक परिचालित रहेको बताए । साथै, सुरक्षाकर्मीको सरुवा, बढुवा तथा काज–खटान निष्पक्ष र पारदर्शी रूपमा भइरहेको स्पष्ट पारे ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *