आजको मौसम : पश्चिमी वायुको प्रभाव कायमै, भोलि चार प्रदेशमा वर्षाको सम्भावना

 आजको मौसम : पश्चिमी वायुको प्रभाव कायमै, भोलि चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ।

आज दिउसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

भोलि भने लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *