सिड्नीमा डिजि स्कुल अष्ट्रेलियाको कार्यक्रम सम्पन्न, ई–कमर्स र आईटी शिक्षामा जोड

 सिड्नीमा डिजि स्कुल अष्ट्रेलियाको कार्यक्रम सम्पन्न, ई–कमर्स र आईटी शिक्षामा जोड

संवाददाता: मुक्तिराम पोखरेल

काठमाडौँ । ‘डिजिटल भविष्य निर्माणका लागि विद्यार्थी सशक्तिकरण’ भन्ने नाराका साथ डिजि स्कुल अष्ट्रेलियाको आयोजनामा ई–कमर्स, आईटी तथा डिजिटल प्रविधिसम्बन्धी गुणस्तरीय शिक्षाबारे अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।

Softed Group of Companies अन्तर्गतको Softwarica College of IT and E-Commerce तथा UniCampus Global को सहकार्यमा अष्ट्रेलियाको सिड्नीस्थित टाउन हलमा आयोजित उक्त कार्यक्रममा नेपालबाट आएका डिजि स्कुल ग्लोबलका प्राध्यापक, शिक्षा प्रेमी, कलेजका प्राध्यापक तथा विभिन्न क्षेत्रका विज्ञहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा डिजि स्कुल ग्लोबल नेपालका अध्यक्ष, शिक्षा प्रेमी तथा कुशल व्यवसायी विज्ञान श्रेष्ठको अध्यक्षता तथा शिक्षा समूह नेपालका पूर्व पश्चिमाञ्चल संयोजक, न्यू साउथ वेल्स फेन्काका कोअर्डिनेटर एवं सामुदायिक अगुवा मुक्तिराम पोखरेलको सञ्चालन रहेको थियो। डिजि स्कुल अष्ट्रेलियाका प्रमोटर सन्देश राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।

डिजिएन नेपालका सीईओ राजु बानियाँले हालसम्म सम्पन्न परियोजनाका उपलब्धिहरू प्रस्तुत गर्दै कार्यक्रमको उद्देश्य र महत्व स्पष्ट पारे। त्यस्तै, SoftEd Group का निर्देशक प्रमोद पौडेल, नेपाल चेम्बर्स अफ कमर्सका निवर्तमान अध्यक्ष एवं प्रतिष्ठित व्यवसायी तथा समाजसेवी राजेन्द्र मल्ल, डिजि स्कुल अष्ट्रेलियाका अर्का प्रमोटर तथा सीए मनकास पिया लगायतका वक्ताहरूले डिजिटल शिक्षाको महत्व र भविष्यका सम्भावनाबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा शिक्षा विज्ञहरू राजु राई, बिनोद भट्टराई, बिनोद कुमार कोइराला, निलेश आचार्य, सरोज महर्जन, गणेश कुमार दुलाल, सैलेश डंगोल, राजन कस्पाल, मनोज अधिकारी, प्रोफेसर, समाजसेवी, पत्रकार तथा लुक्ला टिभीका प्रधान सम्पादक डा. राजु मानन्धरलगायतले डिजिटल साक्षरताको आवश्यकता र प्रविधिमैत्री शिक्षाको विकासबारे जोड दिएका थिए।

अध्यक्ष विज्ञान श्रेष्ठले मन्तव्य व्यक्त गर्दै सन् २०१९ मा शुभारम्भ गरिएको परियोजनाबाट हालसम्म ३०० विद्यालयका ५० हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेको जानकारी दिए। उनले नेपालसहित अष्ट्रेलिया, युके लगायतका मुलुकमा पनि परियोजना सञ्चालन भइरहेको उल्लेख गर्दै परियोजनामूलक अध्ययन, मित्रता र व्यावसायिक सञ्जालमार्फत विद्यार्थीलाई विश्वस्तरमा उकास्ने लक्ष्य रहेको बताए। साथै, छोटो अवधिका व्यावहारिक पाठ्यक्रममार्फत डिजिटल मार्केटिङ र प्रविधि शिक्षालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्य लिएको पनि स्पष्ट पारे का छन।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *