राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने राप्रपाको घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ। आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन ।
उनका अनुसार राष्ट्रियसभामा राप्रपाको कुनै पनि उमेदवार नभएको र सबै प्रतिनिधि आगामी प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित रहनुपरेका कारणले पनि राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको हो ।
“हामी सम्पूर्णरुपले आगामी प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भएका छौँ,” उनले भने, “त्यसैले पनि हामी राष्ट्रियसभाको निर्वाचनमा सहभागी नहुने निर्णयमा पुगेका हौँ ।”
