अमेरिकामा टिकटक युएस गठन, प्रतिबन्धको खतरा टर्‍यो

 अमेरिकामा टिकटक युएस गठन, प्रतिबन्धको खतरा टर्‍यो

काठमाडौं । सामाजिक सञ्जाल भिडियो प्लेटफर्म टिकटकले संयुक्त राज्य अमेरिकामा नयाँ एकाइ ‘टिकटक युएस’ स्थापना गर्ने सम्झौतालाई अन्तिम रूप दिएको छ। यससँगै, अमेरिकामा टिकटकमाथि लगाउने भनिएको प्रतिबन्धको खतरा टरेको छ।

ओरेकल, सिल्भर लेक तथा यूएईको लगानी फर्म एमजिएक्ससँग संयुक्त उद्यम गठन गर्न सम्झौता भएको कम्पनीले जनाएको छ। नयाँ संरचनाअन्तर्गत अमेरिकी प्रयोगकर्ताको डाटा ओरेकलद्वारा सञ्चालित प्रणालीमा सुरक्षित रूपमा भण्डारण गरिनेछ।

टिकटकले परिभाषित सुरक्षा उपायअनुसार सञ्चालन हुने, जसले डाटा सुरक्षा, एल्गोरिदम नियन्त्रण तथा सामग्री नियमनमार्फत राष्ट्रिय सुरक्षाको संरक्षण गर्ने जनाएको छ। सम्झौतापछि पनि अमेरिकी प्रयोगकर्ताले उही एप प्रयोग गर्न सक्नेछन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई सहकार्यका लागि धन्यवाद दिएका छन्। नयाँ संयुक्त उद्यमको सिइओमा एडम प्रेसर नियुक्त भएका छन्।

यस सम्झौताले अमेरिकामा टिकटकको भविष्यबारे लामो समयदेखिको अनिश्चिततालाई अन्त्य गरेको छ।
रासस

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *