नेपाललाई गरिखाने देश बनाउँछौं, लगानी गर्नुस् : अर्थमन्त्री वाग्ले

 नेपाललाई गरिखाने देश बनाउँछौं, लगानी गर्नुस् : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई नयाँ उचाइमा लैजाने स्पष्ट संकेत दिएका छन्। निजी क्षेत्रसँगको प्रत्यक्ष संवादमा उनले “गरिखाने मान्छेहरूको देश” बनाउने लक्ष्यसहित सरकार अघि बढेको बताएका छन्। मंगलबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रतिबद्धता दोहोर्याए। “तपाईंहरू उड्नुस्, फैलनुस्—राज्य साथमा छ,” भन्दै उनले निजी क्षेत्रलाई ढुक्क भएर लगानी र व्यवसाय विस्तार गर्न आह्वान गरेका छन। उनले इमानदार व्यवसायीहरूलाई कुनै पनि हालतमा राज्यबाट हैरानी नहुने ग्यारेन्टी दिँदै स्पष्ट सन्देश दिए-अब रोजगार सिर्जना गर्नेहरूलाई प्रोत्साहन गरिनेछ। तर, बेइमानी र नियोजित गल्ती गर्नेहरूलाई भने कडा कारबाही गरिने चेतावनी पनि उनले दिएका छन्। अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रको सुझावलाई कार्यान्वयन गर्न सरकार तयार रहेको बताउँदै वाग्लेले सहकार्यको आवश्यकता औंल्याए। साथै, नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने विषयमा हतार नगर्ने संकेत गर्दै उनले निजी क्षेत्रको चिन्तालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन। यस भेटघाटले सरकार–निजी क्षेत्र सहकार्यलाई थप मजबुत बनाउने र अर्थतन्त्रमा सकारात्मक ऊर्जा ल्याउने अपेक्षा गरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *