लगातार बढ्दै सुनचाँदी, कतिमा हुँदैछ कारोबार ?

 लगातार बढ्दै सुनचाँदी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य आज पनि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै आज बजारमा सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार १४५ रुपैयाँ तोकिएको छ।

यसअघि हिजो हिजो बजारमा सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ र प्रति १० ग्राम २ लाख ४८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २४० रुपैयाँ कायम भएको छ।
यसअघि हिजो चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ र प्रति १० ग्राम ४ हजार १५४ रुपैयाँमा कारोबार भएको थियो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *